काबुलमा फेरि आत्मघाती हमला, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं, १६ असार । अफगानिस्तानको राजधानी काबुलमा फेरि आतंकवादीले आत्मघाती हमला गरेको छ । बिहीबार दिउँसो भएको हमलामा कम्तीमा ४० जना मारिएको बीबीसीले जनाएको छ ।

समाचार अनुसार हमला अफगान प्रहरीको गाडीमा भएको थियो । मारिनेमा अधिकांश भर्खर तालिम सकेका प्रहरीहरु रहेका छन् ।

काबुलबाट पश्चिममा रहेको पागमान शहरमा आयोजित एउटा समारोहबाट फर्किने क्रममा काला ए हैदर खान गाउँमा दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएको समाचारमा जनाइएको छ । यो आक्रमणको जिम्मा आतंकवादी संगठन तालिबानले लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत