पुञ्पाजली स्कुलको पर्खाल भत्किएर दुई जना विद्यार्थीको मृत्यु

१७ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुल नजिकै जग्गा व्यवसायीले प्लटिङ गरि लगाएको ढुंगाको पर्खाल वर्षाले भत्किएर स्कुलको कक्षा कोठाको भित्तामा बज्रिएपछि दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

Taukhel school

स्कुलको कक्षा कोठाको भित्तामा ढुंगाको पर्खाल बज्रिएपछि पर्खालले च्यापिएर घाइते भएका टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको उपचारको क्रममा मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । पर्खालले स्कुलको भित्ता भत्काउँदा कक्षा आठ र तीनका विद्यार्थीहरु च्यापिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको जानकारी दिए । पुनमगरको आमा नभएकाले आमा घर नामक अनाथालयले पढाउँदै आएको थियो ।

घाइते विद्यार्थीहरुको बी एण्ड बी, सुमेरु र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत