बाबुरामको नयाँ शक्तिबाट पूर्वमाओवादी नेताहरुले पार्टी छोड्ने मनस्थिति बनाए

१७ असार, काठमाडौं । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालमा आबद्ध पूर्व माओवादीका केही नेताहरुले सामूहिक रुपमा पार्टी छोड्ने मनस्थिति बनाएका छन् ।

Naya

स्रोतका अनुसार पार्टीभित्र विचार र पद्धती भन्दा पद र प्रतिष्ठालाई बढी ध्यान दिइएको भन्दै देवेन्द्र पौडेल, मुमाराम खनाल, नवराज सुवेदीलगायतका नेताहरुले भट्टराईको कार्यशैलीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

आधारभूत ज्ञान नभएको, विचार दिन र निर्माण गर्न सक्ने हैसियत नभएकाहरुलाई अगाडि सारिएको र लामो राजनीतिक इतिहास भएकाहरुलाई पछाडि पारिएको भन्दै बाबुराम निकट नेताहरुले नै नयाँ शक्ति परित्यागको मानसिकता बनाएको बुभिएको छ ।

एकातिर व्यक्ति पूजाको बिरोध गर्ने बाबुरामको देवत्वकरण गरिने, अर्कोतर्फ जसलाई पायो, त्यसलाई विशेष जिम्मेवारी दिइने कुराले बाबुरामका विश्वास पात्र देवेन्द्र पौडेल नै असन्तुष्ट रहेको स्रोतको दावी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत