भारत विश्वभर बदनाम भएपछि नेपालसँग सम्बन्ध सुधार गर्न प्रयासरत्

१८ असार, काठमाडौं । नेपालमा नयाँ संविधान जारी भएपछि संविधानको समर्थन नगरेर मधेशी जनताले गरेको आन्दोलनलाई टेकेर नाकाबन्दीको नयाँ रेकर्ड बनाएको भारत विश्वभर बदनाम भएपछि नेपालसँग सम्बन्ध सुधारका लागि चौतर्फी कोशिस गरिरहेको छ ।

नेपालको राष्ट्रपतिले भारत भ्रमण रद्द गरेर बसे पनि भारतीय राष्ट्रपति नेपालको निम्तो कुरेर बसेको खुलासा भएको छ । भारतीय विदेश मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता विकास स्वरुपले राष्ट्रपति प्रणव मुखर्जीले नेपालको प्रस्ताव कुरेर बसेको संकेत गरेका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणबारे सोधिएको जवाफमा ‘भ्रमणका लागि प्रस्ताव आयो भने हामी सकारात्मक रहेको’ बताएकी थिइन् ।

केही समय पहिले दिल्ली पुगेका परराष्ट्रमन्त्री कमल थापासँग विदेशमन्त्री सुष्मा स्वराजले नेपालको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द भएको बारे जिज्ञासा राखेकी थिइन् । जवाफमा परराष्ट्रमन्त्री थापाले दुई देशका राष्ट्रपतिको भ्रमणबारे कुराकानी गर्दै भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आफूहरुले चाहेको बताएका थिए ।

भारतीय प्रधानमन्त्रीले झण्डै १८ वर्षपछि नेपाल भ्रमण गरे । र, इतिहास रच्ने तिनै प्रधानमन्त्री मोदीका कारण नेपाल-भारत सम्बन्ध अकल्पनीय रुपले बिग्रिएको भए पनि पछिल्लो समय सम्बन्ध सुधारको प्रयास दुबै देशबाट भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत