भुकम्प प्रतिरोधक स्कुललाई प्लटिङ्गको पर्खालले भत्काउँदा २ विद्यार्थीको मत्यु : घटनाको छानबिन गर्न शिक्षामन्त्रीको निर्देशन

Puspanjalee-school-7

१७ असार, काठमाडौं । भुकम्प प्रतिरोधक स्कुललाई प्लटिङ्गको पर्खालले भत्काउँदा २ विद्यार्थीको मत्यु भएको घटनाको छानबिन गर्न शिक्षामन्त्रीले निर्देशन दिएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ललितपुरको टौखेलस्थित प्लटिङ्गको जग्गामा लगाइएको पर्खालले पुष्पाञ्जली बोडिङ्ग स्कुलको भित्ता भत्किएर कक्षाकोठामा अध्ययनरत विद्यार्थी टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी १० वर्षीया अन्जना पुनमगरको उपचारको क्रममा मृत्यु भएको घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका हुन् ।

घटनास्थल अवलोकन र अस्पतालमा उपचाररत घाइते विद्यार्थीको अवस्था बुझेपछि मन्त्री पोखरेलले अस्पतालबाटै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई टेलिफोन गरी सो निर्देशन दिएका हुन् ।

घाइते विद्यार्थीहरुलाई पाटन अस्पताल र बि एन्ड बी अस्पतालमा उपचार गराइएको छ भने ४ जनाको अवस्था गम्भीर रहेको बि एन्ड बी अस्पतालले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत