दुई विद्यार्थीको मृत्यु भएपछि प्रहरीले जग्गा प्लटिङ गर्ने व्यक्तिको खोजी सुरु ग-यो

Taukhel school

१८ असार, ललितपुर । ललितपुरको टौखेलस्थित प्लटिङको जग्गामा लगाइएको पर्खालले पुष्पाञ्जली स्कुलको पर्खाल भत्काएर विद्यार्थीको मृत्यु भएपछि प्रहरीले  उक्त जग्गा प्लटिङ गर्ने व्यक्तिको खोजी गरेको छ ।

जग्गा प्लटिङको क्रममा लगाएको पर्खाल बर्षातका कारण भत्किएर स्कुलमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएपछि प्रहरीले जग्गा प्लटिङ गर्ने व्यक्तिको खोजी सुरु गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जग्गा प्लटिङ गर्नेको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको बताउँदै उनीहरूको खोजीकार्य सुरु भएको र प्लटिङ गर्ने व्यक्ति कुनै पनि हालतमा उम्कन नपाउने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत