नवलपरासी र तनहुँ जोड्ने निर्माणाधिन पुलको आधा भाग बगायो

१८ असार, नवलपरासी ।  गएराति कालीगण्डकी नदीमा पानीको बहाव बढेर आउँदा बाढीले नवलपरासी र तनहुँ जोड्ने निर्माणाधिन पुलको आधा भाग बगाएको छ ।

Bridge

तीन दिनदेखि लगातार आएको पानीले नदीमा आएको बाढीको कारण निर्माणाधीन पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी नावय निरीक्षक खेम विसीले पुष्टि गरेका छन् ।

स्थानीय बासिन्दाले ठेकेदारले बेलामा काम नसक्दा नदीले पुलको आधा भाग बगाएको जनाएको छ । बाढीले नवलपरासीतर्फको भाग बगाएको छ । बन्दै गरेको अवस्थाको उक्त पुल ३ भागको लगभग एक भाग बगाइदिएको प्रहरी नावय निरीक्षक विसीले बताए ।

तनहुँ र नवलपरासी जोड्ने गरी बनाएको उक्त पुल निर्माण सम्पन्न भएपछि नवलपरासीको दलदलेबाट डेढगाउँ हुँदै तनहुँको भिमाद-पोखरा जोड्ने पहाडी मार्ग पूर्ण रुपमा सञ्चालनमा आउने थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत