मलेसियामा रहेका नेपालीको उद्धार प्रकृयालाई तिब्र बनाउन मन्त्री बोहराको आग्रह

१८ असार, क्वालालम्पुर । मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्री दीपक बोहराले सेलाङर राज्यको सिमोनिया डिटेन्सन क्याम्पमा पुगेर घर फिर्तिको पर्खाइमा रहेका नेपालीसँग भेट गरेका छन् ।

मन्त्री बोहराले डिटेन्सन क्याम्पका अधिकारीहरुसँग भेट गरी नेपालीको उद्धार प्रकृयालाई तिब्र बनाउन आग्रह गरे सँगै उक्त क्याम्पमा रहेका पाँच जना नेपालीहरु तत्कालै नेपाल फर्किने अबसर पाएका छन् ।

नेपाली राजदूतावास मलेसियाको पहलमा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डवाट नि:शुल्क टिकट पाएपछि उनीहरु नेपाल फर्किएका हुन् । पछिल्लो एक हप्तामा मात्रै वोर्डको सहयोगवाट क्याम्पमा रहेका ३९ जना नेपाली स्वदेश फर्किएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत