शुक्रबार दिनभर अवरुद्ध मुग्लिन सडक गए रातिबाट सञ्चालनमा

Pahiro

१८ असार, चितवन । भारी वर्षापछि खसेको पहिरोले शुक्रबार दिनभर अवरुद्ध चितवनको मुग्लिन सडक मर्मत भएसँगै पहिरो पन्छाएर गए रातिबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको मुग्लिन सडकको ४ किलो, पाँच किलो, ९ किलो र घुमाउने भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको थियो ।

यस्तै माडी, ठोरी नारायणगढ सडक भने साँझ ६ बजेतिर खुलाइएको प्रहरीले जनाएको छ । शुक्रबार माडीको खोलामा खतराको बिन्दु नाघेर स्थानीयलाई सतर्क हुन आह्वान गरिएको थियो । तर वर्षा घटेपछि त्राससमेत घटेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत