सहमतीय सरकार गठनको पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई – माओवादी केन्द्र

१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्दै आफ्नै नेतृत्वमा राष्टिय सहमतिको सरकार गठनको निर्णय गरेको छ ।

माओवादी केन्द्रको केन्दीय कार्यालयको शनिबार बसेको बैठकमा एमाले र माओवादीबीच भएको नौ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ध्यान नदिएको आरोप लगाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नौ बुँदे सहमति कार्यान्वयन गर्न सरकार उदासिन रहेको भन्दै मधेसी र जनजातिका मुद्धा सम्बोधन गर्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको बताइन् ।

माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार ओलीकै नेतृत्वमा पनि बन्न सक्ने बताउँदै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने र संविधान कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा भएको बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत