ओली सरकारको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने सुजाताको चेतावनी

२१ असार, काठमाडौं ।

sujataनेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले तीनवटै निर्वाचन नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस काग्रेसमाथि आउन सक्ने भन्दै अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराईन ।

उनले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिईन ।

नेतृ सुजाता कोइरालाले कुनै पनि सरकारलाई एउटा अवधिसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले काग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास व्यक्त गरिन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत