नयाँ शक्ति नयाँ नाम, पुरानै काम

२० असार, काठमाडौ ।

B-Dतत्कालिन एनेकपा माओवादीबाट बाहिरिएका डा.बाबुराम भट्टराईले नयाँ शक्तिको कोकोहोलो मच्चाएको भए पनि उनको पार्टी नयाँ शक्ति नेपालमा पुरानै गुट, असन्तुष्टिको पुरानै रुप देखा परेको छ ।

विधि र प्रक्रियाबाट पार्टी चलाउने बताएका डा. बाबुरामको नयाँ शक्तिमा उनले मनोपोली गरेर सहसंयोजक छनोट गरेपछि उनकै विश्वासपात्रहरुले यो कसरी नयाँ भयो ? भन्दै पुरानो प्रश्न कोट्याएका छन् ।

आजको साँघु साप्ताहिकमा खबर छ, रोचक के छ भने यो पछिल्लो विवादपछि बाबुरामलाई माओवादी हुँदैदेखि नजिकबाट साथ दिँदै आइरहेका देवेन्द्र पौडेलसमेत आफ्नो दुःखलाई बाबुरामले पानीमा बगाइदिएको निष्कर्ष निकाल्दै उनै बाबुरामविरुद्ध संघर्ष गर्ने मनस्थितिमा पुगेका छन् ।

भट्टराईले केन्द्रीय परिषद्का झन्डै ९५ प्रतिशत सदस्यको विरोधको बाबजुत जंगबहादुर शैलीमा छनोट गरिदिएपछि उनको दाहिने हात भनेर चिनिने देवेन्द्र पौडेललगायत नेतासँग बाबुरामको दूरी बढ्ने अवस्था सिर्जना भएको हो । पौडेल र बाबुरामबीच अहिले पानी बाराबारको अवस्था नरहे पनि मन भने बेस्सरी बाझिन पुगेको छ ।

सह–संयोजक छनोटपछि आफू नजिकका पूर्व माओवादीहरुलाई भेला पारेर देवेन्द्र पौडेलले छलफल समेत गरेका छन् । स्रोतका अनुसार भेलामा बाबुरामको हेपाहा प्रवृति विरुद्ध कसरी अघि बढ्ने भन्ने लगायत विषयमा छलफल गरेर ‘अब नसहने’ निष्कर्ष नै निकालिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत