नेपाल र भारत प्रबुद्ध समूहको पहिलो बैठक आज बस्दै

२० असार, काठमाडौ ।

Nepal-India नेपाल र भारतबीच गठित प्रबुद्ध व्यक्ति समूहको पहिलो बैठक आज सोमबार बस्दैछ ।  १९५० को सन्धिलगायत दुईपक्षीय सम्बन्धका समग्र एजेन्डा तथा त्यसको समय, सीमा तय गर्ने दुवै पक्षको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तापछि पहिलो बैठक काठमाडौंमा राख्ने सहमति भएको थियो ।

नेपालका तर्फबाट प्रबुद्ध टोलीमा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।

यसैगरी भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा सदस्य रहेको समूह गठन गरेको छ ।

प्रबुद्ध समूहको बैठक मंगलबारसम्म चल्नेछ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३–६ कात्तिक ०६८ मा भारत भ्रमणमा जाँदा १९५० को सन्धिलगायतका विषयमा विज्ञ समूह (इपिजी) गठन  गर्ने सहमति भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत