राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव एमाले स्थायी कमिटीद्वारा पारित – झलनाथ खनाल

२० असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले स्थायी कमिटीले राष्ट्रिय सहमतिको नयाँ सरकार बनाउने प्रस्ताव पारित गरिसकेको बताएका छन् ।

व्यवस्थापिका–संसद् परिसरमा भेटिएका नेता खनाललाई नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास गर्ने निर्णय गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले एमाले स्थायी कमिटीले राष्ट्रिय सहमतिको नयाँ सरकार बनाउने प्रस्ताव पारित गरिसकेको बताएका हुन् ।

‘संविधान कार्यान्वयनमा सहजताका लागि राष्ट्रिय सहमतिको सरकारले राम्रो वातावरण निर्माण गर्नेछ’ खनालले भने, ‘त्यस्तो सरकारको नेतृत्व गर्न वा त्यसबारे छलफल गर्न एमाले जहिले पनि तयार छ ।’

राष्ट्रिय सहमतिको सरकारका लागि छलफल गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताउँदै  नेता खनालले यसबारे जस्केलामा नभई मझधारमै आएर छलफल गर्न आग्रह गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत