विद्युतको विरोध कार्यक्रममा सहभागी भएपछि लागु औषध मुद्दामा फसाई दिने प्रहरीको धम्की – इरफान

२० असार, नेपालगंज । बाँकेका प्रहरी उपरीक्षकले लागु औषध मुद्दामा फसाई दिने धम्की दिएपछि नेपालगंज उपमहानगरपालिका एक सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय बाँकेमा बाँच्न पाउने मानव अधिकार सम्बन्धमा निवेदन दिएका छन् ।

नेपालगंज उपमहानगरपालिका ३ बस्ने इरफान अहमद शेखले जिल्ला प्रशासन कार्यालय बाँकेलाई दिइएको निवेदनमा आफू विद्युत कार्यालयको विरोधमा भएको कार्यक्रममा सहभागी भएपछि अचानक प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै निवेदन दिएका छन् ।

उनले निवेदनमा सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको र हिरासत भित्रै प्रहरी उपरिक्षकले लागु औषध मुद्दामा फसाई दिने धम्की दिएको उल्लेख गरेका छन् ।

इरफानले बाँच्न पाउने अधिकारबाट बञ्चित नगर्न भन्दै जिल्ला प्रशासन बाँकेसहित, क्षेत्रीय मानव अधिकार आयोग, क्षेत्रीय संयोजक इन्सेक, पुनराबेदन बार एशोसिएशन र थर्ड एलायन्सलाई बोधार्थ पठाएको छ ।

satatement

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत