गोरखाको केरौंजामा ढिस्को खसेपछि पुरिएर ६ जना बेपत्ता

२१ असार, गोरखा ।  गोरखाको केरौंजा गाविस–३ छलिम्पुमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेपछि पुरिएर ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा केरौँजा–३ का सन्देश घले, चिनमाया गुरुङ, कान्छीमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पुरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन, पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् ।

यसैबीच चार दिनपछि सञ्चालनमा आएको महाकाली राजमार्ग अविरल वर्षापछि पहिरोका कारण आज बिहानदेखि फेरि अवरुद्ध भएको छ । बैतडी र दार्चुलाका विभिन्न स्थानमा गएको पहिराले बिहीबार रातिदेखि अवरुद्ध सडक सोमबार मात्रै सञ्चालनमा आएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत