झमक कुमारी प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित

२१ असार, काठमाडौं । सरकारले साहित्यकार झमक कुमारी घिमिरेलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित गर्दै ५ लाख रुपैयाँ उपचार खर्च दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जीवन काँडा कि फूल’ घिमिरेको पुस्तकको हिन्दी संस्करण सार्वजनिक कार्यक्रममा घिमिरेलाई उपचार खर्च दिने जानकारी दिँदै प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित गरिएको जानकारी दिए ।

धनकुटामा जन्मिएकी घिमिरेको कृति जीवन काँडा कि फूलले ०६८ मा मदन पुरस्कार पाएको थियो । घिमिरेले खुट्टाको तीन औंलाको सहाराले ‘जीवन काँडा कि फूल’ पुस्तक लेखेर आफ्नो जीवनका पीडा र संघर्ष पोखेकी छन् ।

मष्तिस्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हिँडडुल गर्न र बोल्न समेत सक्दिनन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत