बसपार्कमा मात्र पार्किङ्ग र क्यू लिने व्यवस्था कार्यान्वयन गराउन ट्राफिक सक्रिय

२१ असार, भरतपुर । चितवनबाट सञ्चालन हुने लामा तथा छोटा दूरीका यात्रुबाहक सवारी साधनहरु केन्द्रीय बस टर्मिनटल भरतपुर र नारायणगढ बसपार्कमा मात्र पार्किङ्ग र क्यू लिने व्यवस्था कार्यान्वयन गराउन ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।

paras buspark

सोमबारबाट यो व्यवस्था लागू गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चौबिसकोठी, पुलचोक, बसपार्क चोक, आँपटारीमा कडा निगरानी सुरु गरेको छ ।

पूर्वबाट भरतपुर हुँदै पोखरा, काठमाडौंतर्फ जनो यात्रुबाहक सवारीसाधन केन्द्रीय बसपार्क प्रवेशपछि बसापर्क चोक हुँदै बाइपास सडक भई आँपटारी हुँदै सिधै गन्तव्यतर्फ जाने व्यवस्था मिलाइएको छ ।

ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै केन्द्रीय बसपार्कमा चहलपहल बढेको छ भने पुल्चोकमा शून्यता छाएको छ । नारायणगढ बजारमा विगतमा अस्थायीरुपमा सञ्चालनमा रहेका पार्किङ स्थलका बसपार्कहरु हटेका छन् । बजारमा सवारी चाप घटेको छ ।

पुल्चोक, शहिचोक, लायन्साचोक जस्ता अति व्यस्त चोक वरीपरि सन्देशमूलक बोर्डहरु राखिएका छन् । नो पार्किङका २० थान, नो स्टप बोर्ड ८ थान, बस विसौनी ६ थान, टेम्पो म्याजिक बिसौनि बोर्ड ८ थान, गति समिति बोर्ड १६ थान गरि जम्मा ५६ थान बोर्डहरु बजारमा राखिएको छ । यात्रुलाई भने नारायणग बजार पुग्न साना सवारीको प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत