व्यापारीहरुले थाहा नदिई अनुगमनमा आएको भन्दै अनुगमन कार्यमा अवरोध गरे – पाठक

२१ असार, काठमाडौं ।

Apurti Mantri

आपूर्ति मन्त्री गणेशमान पुन सहितको अनुगमन टोलीलाई व्यापारीहरुले आफूहरुलाई थाहा नै नदिइ अनुगमनमा आएको भन्दै अनुगमन कार्यमा अवरोध गरेका छन् ।

जनगुनासो बढे पछि बल्खु तरकारी बजारमा अनुगमन गर्न पुगेका अनुगमन टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरुले अनुगमन टोलीलाई तरकारी र पानीको बोत्तलले प्रहार गरेका हुन् ।

बल्खु तरकारी बजारमा रहेका अधिकांश विभागले प्रमाणित नगरेको पाइएपछि अनुगमनमा गएको बखत व्यापारीहरुले अनुगमन टोलीलाई अवरोध गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए ।

अहिले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजुका विषयमा अनुगमन टोली र व्यापारीहरुवीच वार्ता भइरहेको छ । व्यापारीहरुले एक हप्ताभित्र नापतौल विभागबाट प्रमाणित गराउने भन्दै ढक/तराजु जफत नगर्न समेत माग गरिरहेका छन् ।

अधिकृत काफ्लेले मन्त्री पुनको निर्देशन यसरी टेरेनन् :

मन्त्री पुनले अनुगमन गर्ने ठाउँ र विषय गोप्य राख्न भनेका थिए । तर अधिकृत तेजेन्द्र काफ्ले बिहानैदेखि कालीमाटी तरकारी बजार, बल्खु फलफूल बजार र बल्खु तरकारी बजारमा अनुगमनमा जान लागेको भनिरहेका थिए ।

त्यतिमात्र होइन, उनले भोलि र पर्सि विभागले कुन-कुन निकायको कहाँ-कहाँ अनुगमन गर्दैछ भन्ने समेत पूर्वसूचना दिन भ्याए । तरकारीमा महंगी बढेको, विषाक्त तरकारी बढेको र नापतौल बिगारेर उपभोक्तालाई ठग्ने काम बढेको गुनासो बढेपछि मन्त्री पुन मंगलबार अनुगमनमा निस्किएका थिए ।

तर, अनुगमनका क्रममा मन्त्री पुनले पटक-पटक ढक तराजु जाँच गर्न निर्देशन दिँदासमेत अधिकृत काफ्लेले ‘मान्छे आउँदैछ हजुर’ भन्दै नापतौल जाँच गरेनन् । कुनै पनि ढक तराजुको जाँच नगरिकनै कालीमाटीको अनुगमन सकियो ।

तरकारी बजारको अनुगमनपछि आपूर्ति मन्त्री गणेशमान पुनले आफूलाई रिङ्गटा लागेको बताउँदै करिब ४५ मिनेटको अनुगमनपछि बजारलाई सफा राख्न निर्देशन दिँदै फर्किए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत