नेपाल–भारत सीमामा तारबार गरी भिसा लागू गर्ने विषयमा पनि प्रबुद्ध व्यक्ति समूहको छलफल

२२ असार, काठमाडौं । राजधानीमा सोमबारदेखि जारी नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पहिलो बैठकमा नेपाल–भारत सीमामा तारबार गरी भिसा प्रणाली लागू गर्ने विषय भारतले उठाएको बुझिएको छ ।

प्रबुद्ध समूह

नेपालीले धेरै पहिलेदेखि सीमामा तारबार गरी भिसा प्रणाली लागू गर्न माग गर्दै आएको भए पनि पछिल्लो समय अमेरिकाले समेत नेपाल आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी दिइरहेका बेला भारतले खुला सीमा बन्दको प्रस्ताव अघि सारेको बुझिएको हो ।

बैठकमा  सहभागी एक नेताले बताएअनुसार काठमाडौंको होटल अन्नपूर्णमा जारी बैठकमा भारतले खुला सिमानाका कारण सुरक्षा खतरा बढेको भन्दै सीमा बन्द गरी भिसा प्रणाली लागू गर्न इच्छुक देखिएको छ ।

यस विषयमा दुबै देशका विज्ञहरुले ठोस निष्कर्ष निकालेर खुला सीमा बन्द गर्नका लागि आ-आफ्ना देशको सरकारलाई सुझाव दिने बुझिएको छ । दुई देशका प्रबुद्ध समूहमा नेपालबाट भेषबहादुर थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई रहेका छन् । भारतका तर्फबाट भाजपा नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्रा. महेन्द्र पी. लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत