भोटेकोसी नदीमा आएको बाढीले तातोपानी गाविसका १५ घर बगायो

२२ असार,  सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति करिब १० बजे नदीमा बाढी आएपछि तातोपानी गाविसमा १५ घर बगाउनुका साथै लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगाएर बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पुर्याएको छ ।

Bhotekoshi

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले दिएको जानकारी अनुसार बाढीले मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिज समेत बगाएको छ । नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पु¥याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ ।

प्रमुख जिल्ला अधिकारी दुवाडीले हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको र अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटर माथिबाट नदी बहेको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत