नन्दीवाङ खोलाको पानीले नचाइदियो म्याग्दी मल्कावाङका २१२ घरधुरीलाई

२३ असार, म्याग्दी । बयालीस किलोवाट क्षमताको ‘नन्दीवाङ खोला साना जलविद्युत् आयोजना निर्माण’ सम्पन्न भई म्याग्दीको दुर्गम गाविस मल्कावाङमा बिजुली बलेपछि मल्कावाङवासीले नाचगान र भोज गरेर खुसी साटासाट गरेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, खुमलटार, ललितपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु.२ करोड २३ लाख ६५ हजारको लागतमा जलविद्युत् आयोजना सम्पन्न भई गाउँमा बिजुली बलेपछि मल्कावाङवासीले नाचगान र भोज गरेर खुसी साटासाट गरेका हुन् ।

सहसचिव हरिबहादुर छन्त्यालका अनुसार जनश्रमदान रु ५९ लाख ५५ हजार बराबर, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको रु ४९ लाख, जिविस म्याग्दीको रु दुई लाख, मल्कावाङ गाविसको रु तीन लाख २० हजार, स्थानीय जनजागरण आमा समूह र सनलाइट युवा क्लबको रु २८ लाख गरी जम्मा रु.२ करोड २३ लाख ६५ हजारको लागतमा सो आयोजना निर्माण भएको हो ।

नन्दीवाङ खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधवारदेखि मल्कावाङ गाविस वडा नं २ देखि ६ सम्मका २१२ घरमा बिजुली बलेको जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत