सांसद शाहीलाई कार्यकर्ताले दिए २४ सै घण्टा लाग्ने मोवाइल

२३ असार, कालिकोट ।

Mahendra

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई कालिकोटका कार्यकर्ताले फोन सम्पर्क गर्न खोज्दा फोन नउठाएको भन्दै आफूहरुले प्रयोग गर्ने मोवाइल बुझाइदिएका छन् ।

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई कार्यकर्ताहरुले आफूहरुले चलाउने २४ सै घण्टा लाग्ने मोवाइल बुझाएका हुन् । जिल्लाका समस्या बारे कुरा गर्न फोन गर्दा सांसदले नउठाएकोमा उनीहरु आक्रोशित भई मोवाइल बुझाएका हुन् ।

कालिकोटबाट प्रत्यक्ष निर्वाचित  सांसद शाहीलाई आफ्नो फोन बुझाउनेमा अखिल (क्रान्तिकारी) कालिकोट जिल्ला अध्यक्ष प्रमानन्द आचार्य, योङ्ग कम्युनिष्ट लिंगका जिल्ला अध्यक्ष गणेश शाही र बिद्यार्थी नेता बिरेन्द्र आचार्य लगायत केन्द्र निकट विद्यार्थीका १२ जिल्ला सदस्य रहेका छन् ।

सांसद भएपछि नेता तथा कार्यकर्ताहरुलाई भुल्दै गएको, जनतासँगको सम्बन्धलाई सुधार नगरेकाले मोवाइल फोन दिएर सांकेतिक विरोध गरिएको अखिल (क्रान्तिकारी) कालिकोट जिल्ला अध्यक्ष प्रमानन्द आचार्यले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत