डा. शशांकको स्वास्थ्यमा क्रमिक सुधार : शुक्रबार दिउँसो जुस पिए

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई कुनै संक्रमण नहोस् भनेर भेटघाटमा सतर्कता अपनाइएको उपचारमा संलग्न डा. लव जोशीले जानकारी दिएका छन् ।

अस्पतालका प्रवन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठकाअनुसार कोइरालाको पछिल्लो स्वास्थ्य अवस्था सामान्यतर्फ उन्मुख रहेकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको छ । र, कोइरालाले शुक्रबार दिउँसो जुस पिएका छन् ।

बुधवार स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत