विप्लब माओवादीले राज्यमन्त्रीका स्वकीय उप–सचिवलाई माफी मगायो

२५ असार, कास्की ।

upsachibस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वकीय उप–सचिवले सरकारी गाडी विदाको दिनमा चलाएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा  माओवादी कास्कीले  उक्त गाडीलाई नियन्त्रणमा लिएर उनलाई जनतासँग माफी माग्न लगाएको  छ ।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री मुस्ताक अलामका स्वकीय उप–सचिव राजु पौडेलले सार्वजनिक बिदा (शनिबार)को दिन सरकारी गाडी प्रयोग गरेर सवारीको दुरुपयोग गरेको भन्दै  ‘चन्द’ माओवादीले गाडी नियन्त्रणमा लिएर जनताको माझमा माफी माग्न लगाएर छाडेको बताए ।

कास्कीको सार्दीखोला गाबिसमा  उनलाई  विप्लब माओवादीका इलाका इन्चार्ज परिवर्तन र युवा टिमले नियन्त्रणमा लिएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री मुस्ताक अलामका स्वकीय उप–सचिव राजु पौडेलले जनताको माझमा यसरी माफी मागेका छन् :

भिडियो : नेट पत्रिका डटकमबाट ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत