अविश्वासको प्रस्ताव फेल हुने पर्यटन मन्त्रीको दाबी

३० असार, काठमाडौं । कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले फेल हुने दाबी गरेका छन् ।

एमाले नेता समेत रहेका मन्त्री पोखरेलले बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा कांग्रेस र माओवादीका नेताहरु विदेशीको एजेण्डा बोकेर भरिया बनेको आरोप लगाउँदै वर्तमान सरकार ढाल्न अध्याँरो कोठामा अर्काले लेखिदिएको स्क्रिप्ट बोेकेर नाँचिरहेकाले अविश्वासको प्रस्ताव फेल हुने बताए ।

चीनसँगको सम्झौता कार्यान्वयन हुन नदिने षड्यन्त्रसहित अविश्वासको प्रस्ताव पेश भएको मन्त्री पोखरेलको दाबी छ । उनले सरकारले जनताको पक्षमा दिर्घकालीन हित हुने काम गरेकै कारण हट्नु परेको समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत