गणतन्त्र र संविधानका लागि लडेका दलहरु मिलेर सरकार बनाउनु – सभामुख घर्ती

३१ असार, काठमाडौं ।

Onsariसभामुख ओनसरी घर्तीले सूचना तथा सञ्चार मन्त्रालय र आमसञ्चार नीति तर्जुमाका लागि गठित उच्चस्तरीय समितिले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा गणतन्त्र र संविधानका लागि सँगै लडेका दलहरुले मिलेर नै सरकार बनाउनु पर्ने बताएकी छन् ।

प्रमुख दलका नेताहरु समेत सहभागी कार्यक्रममा सभामुख घर्तीले सकेसम्म सहमतीय सरकार गठन गर्न अथवा राष्ट्रिय मुद्दाहरुमा सहमति कायम गरेर अगाडि बढ्न दलहरुलाई सुझाव दिइन् ।

सभामुख घर्तीले बजेट पारित गरेर संविधानको कार्यान्वयनमा ध्यान केन्द्रीत गर्नुपर्ने अहिलेको समयमा विवाद नगर्न सुझाव दिइन् । सहमतिका साथ अगाडि बढ्नु पर्ने जनताको आवाजलाई बेवास्ता गरिए मुलुक जटिल अवस्थामा धकेलिने खतरा उनले औंल्याइन् ।

कार्यक्रममा आम सञ्चार नीति तर्जुमाका लागि गठित उच्चस्तरीय समितिले तयार पारेको आमसञ्चार नीति तथा नियमक निकायको संरचना सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि छलफल भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत