तमोर नदी पहिरोले थुनियो

२७ असार, ताप्लेजुङ । ताप्लेजुङको सावादिन गाविसमा शनिवार रातिकोे पहिरोले तमोर नदी थुनिएर ताल बनेको छ ।

Nadi

गाविसको नाक्ला भीरबाट पहिरोसँगै ठूला-ठूला चट्टान झरेर करीब राति दुई बजे तमोर नदी थुनिएर करीव ६ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको ताल बनेको छ । फुरुम्बु तर्फको भागबाट जमिन कटान गरी बगिरहेको भए पनि थुनिएको ३० घण्टा वितिसक्दा समेत नदी खुल्न सकेको छैन ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत