तुलसीको बिरुवा रोपी शुक्ल एकादशी पूजा शुभारम्भ

३१ असार, काठमाडौँ । आजका दिन असार शुक्ल एकादशी घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदै छ ।

Tulasi

हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मासा भनिन्छ । चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आजका दिन तुलसीको बिरुवा रोपेपछि सात्विक आहार ग्रहण गरेर चतुर्मास व्रत बस्नुपर्ने शास्त्रीय मान्यता छ, कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।

चतुर्मास व्रत गर्नेले मुला, भन्टा, मुसुरो, गहत, कुभिन्डो, ज्यामिर र भटमास खानु हुँदैन । त्यसैगरी साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएका अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत