नेपालबाट नयाँ दिल्ली जाँदै गरेको यात्रु बस दुर्घटना, पाँच जनाको मृत्यु

२८ असार, काठमाडौं । नेपालबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस उत्तरप्रदेशको बहराइच जिल्लामा गएराति ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

भारतीय समाचार एजेन्सी एएनआईले जनाएअनुसार दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु र ३० जना घाइते भएका छन् । दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा पर्दछ ।

ना ४ ख ७६८७ नम्बरको बस बहराइज जिल्लामा पुगेपछि एक ट्रिपरसँग ठोक्किएको थियो । दुर्घटनामा बसका ३ जना चालकको मृत्यु भएको छ। मृत्यु हुने अन्य दुईमा भारतीय ट्रकमा सवार रहेका छन् ।

दुर्घटनामा मृत्यु हुने बसका चालहरुमा पाल्पा, पिपलडाँडा १ का ओम सारु, नाम नखुलेका स्याङजातिरका लम्साल र पाल्पा अश्रेदी १ का अर्याल थरका १ चालक रहेको बस मालिक न्यौपानेले घटनास्थलबाट जानकारी दिएका छन् । बसमा चालक दलका ३ सहित ३९ नेपाली यात्रु सवार थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत