फेसबुकमा अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ

काठमाडौं । सामाजिक संजाल फेसबुकमा अर्काको नामको आईडी बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती चरित्र हत्या गरेको निवेदनका आधारमा पक्राउ परेकी छिन् ।

शनिबार प्रहरीले सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १४ की २७ वर्षीया गंगा चन्द ठकुरीलाई पक्राउ गरेको हो ।

अरुको नामको फेसबुक बनाई अश्लिल सामाग्री राखेको र उनका आफन्त तथा साथीभाईहरुलाई समेत ट्याग गरेको भन्दै प्रहरीले ठकुरीलाई पक्राउ गरी विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत