माओवादी केन्द्रले छोडेका ८ मन्त्रालयको जिम्मेवारी अहिलेकै मन्त्रीहरुलाई

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकार छाडेपछि माओवादी केन्द्रले छोडेका ८ मन्त्रालयको जिम्मेवारी अहिले भएकै मन्त्रीहरुलाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्रालय आफैंसँग राखेका छन् भने गृहमन्त्रीको जिम्मेवारी रक्षामन्त्री भीम रावललाई दिएका छन् । यसैगरी भैतिक पूर्वाधार तथा यातायात मन्त्री विजय गच्छदारलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसैगरी उर्जा मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई, आपूर्ति श्रममन्त्री दीपक बोहोरालाई, शिक्षा कानुन मन्त्री अग्नि खरेललाई, सिंचाई भूमिसुधार मन्त्री रामकुमार सुब्बालाई र कृषि मन्त्रालयको जिम्मेवारी पशुपंक्षी मन्त्री शान्ता मानवीलाई दिएका छन् ।

बुधबार सामुहिक राजीनामा दिएका माओवादी मन्त्रीहरुले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत