सुशीला नेपालकै पहिलो महिला प्रधानन्यायाधीश

२७ असार, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ ग्रहण गरिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कार्कीलाई सपथ ग्रहण गराएकी थिइन् । सपथ ग्रहण पछि सर्वोच्च अदालत आएर कार्कीले कार्यभार सम्हालेकी छिन् । कार्यभार सम्हालेसँगै कार्की नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी छन् ।

गत चैत २८ गते कार्कीलाई प्रधान्यायाधीशमा नियुक्त गर्न संवैधानिक परिषदले गरेको सिफारिस संसदीय सुनुवाइ विशेष समितिले आइतबार सर्वसम्मतीले अनुमोदन गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ गत वैशाख १ गते उमेर हदका कारण अवकाश भएपछि कार्की प्रधानन्यायाधीश भएकी हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत