मातृका यादवले भारतीय नेताहरुसँग भेटे : नेपालले चीनसँगको सम्बन्ध पूरै बन्द गर्ने ‘द हिन्दु’को दावी

४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मातृका यादवले भारतीय नेताहरुसँग भेटेर नेपालले चीनसँगको सम्बन्ध पूरै बन्द गर्ने बताएको भारतको चर्चित पत्रिका द हिन्दुले दावी गरेको छ ।

Matrika yadav

प्रख्यात भारतीय अंग्रेजी दैनिक द हिन्दुले माओवादी नेता यादव नेपालको नयाँ विकासक्रम बताउन पार्टी हेडक्वार्टरको आधिकारिक धारणा लिएर तीन दिने भारत भ्रमणमा रहेको पनि दावी गरेको छ ।

मंगलवार प्रकाशित हिन्दुले जनाए अनुसार प्रचण्डले मातृका यादवलाई आफ्नो आधिकारिक दूतका रुपमा पठाएर चीनसँगको आफ्नो सम्बन्ध पूर्णरुपमा बन्द भएको सन्देश पठाएका हुन् ।

हिन्दुले लेखेको छ, ‘केहीदिनअघिसम्म नेपाल सरकारमा एक पक्ष रहेको माओवादी केन्द्रका प्रतिनिधि भएर मात्रिका यादव दिल्ली आएका थिए । उनी माओवादी हेडक्वार्टरको भारतप्रतिको आधिकारिक धारणा र नेपालको पछिल्लो राजनीतिक विकासक्रम बताउन यहाँ आएका हुन् ।

हिन्दुले यादवको भारत भ्रमणबारे थप लेखेको छ, ‘जब माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो र अविश्वासको प्रस्ताव राख्यो, त्यसबारे यहाँका सञ्चारमाध्यम मातृका यादवलाई यस विषयमा सोध्न उत्सुक दिए । तीन दिनको बसाइमा यादवले भारतका अधिकारी र विभिन्न तहका नेतृत्वहरुसँग भेट गरेका थिए । त्यसमा कांग्रेस आइका करण सिंह जेडीयुका शरद यादव, राष्ट्रिय कांग्रेसका नेता देवीप्रसाद त्रिपाठीलाई भेटेका थिए ।’

यादवले भारतीय नेताहरुसँग प्रचण्डलाई सहयोग गर्न आग्रह गरेको पनि समाचारमा जनाइएको छ । त्यहाँ उनले परस्परको अविश्वास हटाएर सम्बन्ध गाढा बनाउनु पर्ने बताए । उनले चीनसँगको सम्बन्ध पूरै बन्द गर्न गर्न लागेको बताए । अविश्वासको प्रस्ताव दर्ता भए पनि सहज बाटो नभएकाले र प्रधानमन्त्रीलेले संसद फेस गर्छु भनेकाले जे पनि हुन सक्ने यादवले बताए ।

यद्यपि, मातृका यादवले आफू प्रचण्डको दुत नभई स्वास्थ्य उपचारका लागि दिल्ली गएको बताएका छन् । यादवले उपचारको क्रममा दिल्ली पुग्दा भारतीय केही नेताहरुसँग छलफल भएको बताउँदै भने ‘म आफ्नो उपचारका लागि केही दिन अघि दिल्ली गएको थिए । प्रचण्डको दुत बनेर होइन । यस्तो हल्ला मात्र फैलाइएको हो ।’

यादवले माओवादी मधेशीकै पक्षमा रहेको बताउँदै मधेशवादी शक्तिहरुसँग छलफल गरेर अगाडि बढ्ने बताए । यादवले अहिलेको अवस्थामा मधेशी शक्तिसँग छलफल र अन्तरक्रिया आवश्यक रहेको बताउँदै आफू त्यस तर्फ काम गर्ने जनाएका छन् ।

‘द हिन्दु’मा प्रकाशित समाचार यस्तो छ: http://www.thehindu.com/news/international/before-trust-vote-prachanda-sends-envoy-to-court-delhi/article8867218.ece

Before trust vote, Prachanda sends envoy to court Delhi

Pushpa Kamal Dahal 'Prachanda'

Pushpa Kamal Dahal ‘Prachanda’

The former PM and Sher Bahadur Deuba are two contenders for Nepal’s top post

Days before Nepal’s Parliament elects a new government, a prominent leader and confidant of chief contender, Pushpa Kamal Dahal ‘Prachanda’, was in Delhi to canvass for support.

The July 15-17 visit of Matrika Yadav, member of the ‘Headquarters’, Communist Party of Nepal (Maoist-Centre), came days after a senior government official told the media that India was not interfering in Nepal’s political developments.

Meets interlocutors

Mr. Prachanda severed coalition ties with Prime Minister K.P. Sharma Oli and will attempt to become Nepal’s next Prime Minister after the July 21 no-trust vote.

During his three-day visit, Mr. Yadav met with official interlocutors and several opposition leaders including Congress leader Karan Singh, JD(U)’s Sharad Yadav, Nationalist Congress Party leader Devi Prasad Tripathi.

“Mr. Yadav sought our support for Mr. Prachanda as there are some misperceptions about Mr. Prachanda in Delhi,” a source who participated in the discussions told The Hindu hinting at the perception that the Maoist leader is close to Beijing.

 Mr. Prachanda and leader of the Nepali Congress Sher Bahadur Deuba are two contenders for the top post in Nepal who are likely to lead the next government if Mr. Oli’s government falls on July 21.

No confidence motion

Mr. Oli opted for the no confidence motion after Mr. Prachanda-led Communist Party of Nepal (Maoist-Centre) withdrew from the ruling coalition on July 12. The withdrawal was not surprising since Mr. Prachanda had been planning the move to withdraw since May 4 when he reached a tacit understanding with Mr. Deuba and triggered a political crisis which lasted a short while. The pact failed and Mr. Prachanda went back to support Mr. Oli’s government seeking a number of concessions for his party but he finally snapped ties over growing differences.

Mr. Prachanda will require a number of favourable factors for forming a government if Mr. Oli’s government goes on July 21. Senior leaders of Mr. Oli’s party, CPN-UML, advised him to leave without the no confidence motion but he chose to face Parliament.

Mr. Prachanda is the first Prime Minister of the post-monarchy republican democracy of Nepal and was sworn to power on August 18, 2008 and in a symbolic move attended the ceremonies of the Beijing Olympics.

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत