डा. केसीलाई वार्तामा आउन सरकारको आहृवान

५ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बुधबार साँझ बसको बैठकले डा. गाविन्द केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आहृवान गरेको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री शेरधन राईकाअनुसार वार्ता र सम्वाद गर्न र अनसन तोडाउन स्वास्थ्य सचिव, शिक्षा सचिव र प्रधानमन्त्री कार्यालयका सचिव रहेको वार्ता टोली गठन गरिएको छ ।

मन्त्री राईले डा. केसीले स्वास्थ्य र शिक्षा सम्वन्ध मागहरु उठाएको र विगतमा पनि सहमति भएको भन्दै सरकारले विभिन्न आयोगको सिफारिसलाई ध्यानमा राखेर कार्यान्वयन गरिने बताएको छ ।

बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरेको छ । साथै यस अनुसार विभिन्न कम्पनीलाई दिइएको इजाजत खारेज गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत