सत्ताको ललिपपमा यता न उताको स्थितिमा प्रचण्ड : अविश्वासको प्रस्ताव घाँडो भो !

६ साउन, काठमाडौं । अन्तत प्रधानमन्त्रीको ललिपपमा सत्ता छाडेर काग्रेससँग टासो लाग्न पुगेका माओवादी अध्यक्ष प्रचण्ड यता न उताको स्थितिमा पुगेका हुन त ? पछिल्लो पटक नेपाली राजनीतिमा विकसित घटनाक्रमहरुले यस्तै संकेत देखाएको छ । एनपी समाचार डट कममा खबर छ :

Puspakamal Dahal

विहीवार रामचन्द्र पौडेलले सहमतिका चार बुँदा प्याकेज प्रस्तावलाई केलाउने हो भने उक्त प्रस्ताव पारित भएको खण्डमा माओवादी अध्यक्ष प्रचण्ड फेरि अर्काे पटक भुँइमा पछारिने देखिएको छ ।

विकसित घटनाक्रमहरुलाई हेर्ने हो भने विगतमा सत्र पटकसम्म प्रधानमन्त्रीको दौडमा भाग लिएर पछारिएका काग्रेस नेता रामचन्द पौडेललाई प्रधानमन्त्री बनाउने भित्रभित्रै यस प्रकारको कसरत सुरु भएको आभाष पाइन्छ ।

काग्रेस नेता रामचन्द्र पौडेलको प्रस्तावमा अविश्वास प्रस्ताव माओवादीले फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा गर्ने, प्रधानमन्त्रीको नयाँ निर्वाचनका लागि संविधान संशोधन गर्ने र संविधान कार्यान्वयनका लागि मिलेर जाने चार वटा बुँदा उल्लेख गरिएको छ ।

यता नेपाली काग्रेस भित्र समेत माओवादीसँग मिलेर सरकार बनाउने भन्दा एमालेसँगै मिलेर अगाडि वढ्न काग्रेस सभापति शेरबहादुर देउवालाई दवाव परिरहेको सन्र्दभमा रामचन्द्र पौडेलको उक्त प्रस्तावलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमाले नेता शंकर पोखरेलले एसकाठमाडौंसँग ‘रामचन्द्र पौडेलको प्रस्ताव निकै सकरात्मक रहेको प्रतिक्रिया दिएका छन । उनले यो प्रस्तावले दलहरुलाई नयाँ सरकार गठनको लागि बाटो खुल्ला हुने र अहिले देखिएको संवैधानिक जटिलता समेत हल हुने देखिएको बताए ।

यदि रामचन्द्र पौडेलको प्रस्ताव उपर काम कारवाही भइ अविश्वाशको प्रस्ताव फिर्ता भएको खण्डमा संवैधानिक व्यवस्था अनुसार अर्काे ६ महिनासम्म प्रंधानमन्त्री विरुद्ध अर्काे अविश्वाशको प्रस्ताव दर्ता गर्न पाइने छैन ।

अविश्वासको प्रस्ताव फिर्ता लिएको खण्डमा प्रधानमन्त्री ओली तथा एमालेले माओवादीसँग सत्ता साझेदार गर्ने नभई काग्रेसलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्न सक्ने प्रवल सभ्भावना रहेको देखिन्छ ।

नौ महिने प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमै भएको माओवादी काग्रेससँग मिल्न जाँदा अन्तत न यता न उताको स्थितिमा त पुग्ने भएकै छ । आफैले संसदमा दर्ता गराएको अविश्वाशको प्रस्ताव घाँडो हुन पुगेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएपछि असार २९ गते माओवादीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत