अमरेशकुमार सिंहलाई देश निकाला गर्न युवा संघको माग

८ साउन, काठमाडौं । कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक रोगी भनेपछि नेकपा एमालेसम्वद्ध युवा संघले सिंहलाई देश निकाला गर्न माग गरेका छन् ।

सिंहले प्रधानमन्त्री ओलीलाई मानसिक रोगी भनेपछि संसदमा होहल्ला भएको थियो । एमाले संसदहरुले नियमापत्ति गरेपछि सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन नै दिएकी थिइन् ।

सिंहले संसदमा दिएको अभिव्यक्तिलाई दिएर युवा संघ नेपालले गोगंबु क्षेत्रमा प्रदर्शन गरेर कांग्रेसका सांसद सिंहलाई देश निकाला गर्न माग गरेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत