गच्छदारको पार्टीले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले  आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।

चौधरीका अनुसार फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको छ ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो 

यसैगरी राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्तावमाथि छलफल भइरहेका बेला राप्रपाले समर्थन फिर्ता लिएको हो ।

राप्रपा संसदीय समितिका अध्यक्ष एवं वरिष्ठ नेता पशुपति शम्शेर जबराको अध्यक्षमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकमा सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । साथै संसदमा छलफलका क्रममा रहेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत