चौधरीको ‘ग्याङ’लाई रेकर्डबाट हटाउन सभामुखको आदेश

११ साउन, काठमाडौं । कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई ‘ग्याङको नेता’ भन्दा एमाले सांसदहरुले संसदमा नियमापत्ति गरेपछि सभामुख ओनसरी घर्तीमगरले ‘ग्याङ’ शब्दलाई रेकर्डबाट हटाउन आदेश दिइन् ।

राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा मंगलबार भएको छलफलमा सत्तारुढ दलहरुले सिफारिसको बचाउ गरे । तर, कांग्रेससहितका दलहरुका नेताहरुले आलोचनासहित समर्थन गरेका छन् ।

छलफलमा भाग लिँदै कांग्रेस सांसद चौधरीले पूर्व सभामुख नेवाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा हुँदा सभामुखले शिष्ट र मर्यादित भाषा प्रयोग गर्न सांसदहरुलाई आग्रह गर्नु परेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत