पूर्व अर्थ राज्यमन्त्रीसहित १३ जना बस दुर्घटनामा मृत्यु

१३ साउन, धनकुटा । संखुवासभाको मुडे शनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस धनकुटाको परेवादिन गाविस-५ सिधुवाको हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित १३ जनाको मृत्यु भएको छ ।

dhankuta bus accident

प्रहरीकाअनुसार बस दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासँगै धनुकटाको परेवादिन-४ तारादेबी बस्नेत, उनकी छोरी रेश्मा बस्नेत, धरान-२ का बेदप्रकाश पटवारे, परेवादिन ७ की अतिमाया तामाङ, परेवा ५ की खिनमाया भट्टराई, तारेकटार ३ की वीरबहादुर काफ्लेको मृत्यु भएको छ । ठेगाना नखुलेका होम थापाले पनि घटनामा ज्यान गुमाएका छन् ।

दुर्घटनामा अन्य मृतकको भने सनाखत नभएको र ३९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत