भारतीय पक्षले सीमा स्तम्भ आफ्नो भूमिभित्र पारेर निर्माण गरेको बाँध नेपालीहरुले भत्काइदिए

१३ साउन, राजविराज । स्थानीयका अनुसार सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा गत शनिबारदेखि भारतीय पक्षले नेपाल-भारत सीमा स्तम्भलाई आफ्नो भूमिभित्र पारेर बाँस तथा बोरामा गिट्टी प्रयोग गरी निर्माण गरेको बाँध नेपालीहरुले भत्काइदिएका छन् ।

Saptari

खाडो नदीमा भारतीय पक्षले नेपाली पक्षसँग समन्वय नै नगरी बाँध बनाउन थालेपछि स्थानीय विरोध उत्रिँदा बिहीबार दिनभर तनाव भएको छ । नेपाल-भारत दुबै पक्ष बाँसको भोटा बोकेर नदी क्षेत्रमा पुगे । नेपाली पक्षले नदी थुन्न बोराहरु राखेर बनाएको बाँध भत्काउँदा सीमापारी कुनौलीका वासिन्दा जाइलाग्न आएका थिए ।

सुरक्षाकर्मीले झडप रोक्ने प्रयास गर्दा गर्दै झडपमा तीन नेपाली घाइते भएका छन् । झडपमा तिलाठी निवासी पूर्व जिविस सदस्य देवनारायण यादव र रोशनकुमार झालाई टाउकोमा चोट लागेको छ ।

स्थानीय नेपालीले बाँधमा राखिएको बाँस, बालुवाको बोरा झिकेर फालिदएका छन् । घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित सुरक्षा प्रमुखहरु पुगेका थिए भने भारतीय पक्षबाट पनि सुरक्षा अधिकारी आएका थिए ।

यो बाँध निर्माण भए नेपालतर्फ खाँडो खोला र वर्षाको पानीको निकास थुनिनेछ । र, तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत