पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य घट्यो

१८ साउन, काठमाडौं । मङ्गलबार साँझ बसेको  नेपाल आयल निगमको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य घटाएको छ ।

Oil Nigam

आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, डिजल र मट्टितेल सबैमा प्रतिलटर २ रुपैयाँ घटेको छ । एलपी ग्यासमा निगमले करिब एक वर्षपछि २५ रुपैयाँ घटाएको छ ।

 मूल्य घटाएसँगै पेट्रोल अब प्रतिलिटर ९७ मा र डिजेल तथा मट्टितेल ७३ रुपैयाँमा बजारमा उपलब्ध हुनेछ । त्यस्तै एलपी ग्यास प्रतिसिलिण्डर १३ सय ७५ रुपैयाँमा उपभोक्ताले पाउने छन् । मूल्य समायोजन हुनुभन्दा पहिले प्रतिलिटर पेट्रोल ९९, डिजेल तथा मट्टितेल ७५ र एलपी ग्यास १४ सय रुपैयाँ थियो ।

मूल्य समायोजन नभएको आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १ सय ९ र बाह्यतर्फको प्रतिकिलो लिटर ८ सय ८१ अमेरिकी डलर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत