मधेशी जनताको भावनामाथि कुठाराघात गरिएको साना १३ दलको आरोप

१९ साउन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले बिगत एक वर्षदेखिको मधेश आन्दोलनलाई छोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा सर्मथन जनाउन पुगेका मधेशी मोर्चासँग असन्तुष्ट गठबन्धनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी मधेशी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।

तस्बिर : कौशल कुमारसिंहको फेसबुकबाट ।

तस्बिर : कौशल कुमारसिंहको फेसबुकबाट ।

ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी, रिजवान अंसारी संयोजक रहेको संघीय नव विचार समूह,  कौशल कुमार सिंह अध्यक्ष रहेको लोक दल, प्रकाश अधिकारी महासचिव रहेको नेकपा(संयुक्त माक्र्सवादी) लगायत १३ साना दलहरुले संयुक्त विज्ञप्ति जारी गरेर  मधेशी मोर्चा र संघीय गठबन्धनले आन्दोलनरत जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएको हो ।

‘पाँच दर्जन मधेशीको शहादतलाई मोर्चाले सत्ताको लागि नेपाली काङग्रेस र माओवादी केन्द्र समक्ष आत्मसमर्पण गरी मधेशी जनताको भावनामा चोट पु¥याएर गद्दारीको ऐतिहासिक नमुना प्रस्तुत गरेको छ’ विज्ञप्तिमा अघि भनिएको छ, ‘आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको रगतमाथि टेकेर सत्तारोहण गरी आन्दोलन विसर्जन गरेका छन् ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा सर्मथन जनाउन होमिएका ‘मधेशी मोर्चाका सत्ता लिप्सावादी, आत्मसमर्पण र विसर्जनवादीहरुले मधेशको माग र जनताको चाहना मोर्चाले पुरा गराउन नसक्ने’ संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त विज्ञप्ति :

2

1

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत