कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डामा समझदारी

२० साउन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच  बानेश्वरमा भएको वार्तामा मन्त्रालय भागवण्डामा समझदारी भएको छ ।

K-M

बिहीबार दुई दलका शीर्ष नेताहरुबीच वार्ता भएको थियो । स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सरकारको नेतृत्वकर्ता दल माओवादीको भागमा अर्थ, सूचना तथा सञ्चार, उर्जा, स्थानीय विकास, शिक्षा, कृषि, युवा तथा खेलकुद र कानुन मन्त्रालय परेको छ ।

यसैगरी कांग्रेसको भागमा गृहसहित रक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, शहरी विकास, पर्यटन लगायतका १३ मन्त्रालय परेको छ ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रधानमन्त्रीको सपथसँगै पाँच मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, कृषि मन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली बनेका छन् ।

यसैगरी कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्री विमेलेन्द्र निधि बनेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक भएका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत