मधेस आन्दोलनमा मारिएकाको परिवारले १० लाख पाउने

२१ साउन, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका क्रममा मारिएकाको प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले एक हप्ताभित्र मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनमा घाइते भएकाहरुलाई उपचार खर्च दिने निर्णय गर्दै मधेस आन्दोलमा भएको भनिएको दमन छानबिनका लागि पनि गृह मन्त्रालयलाई प्रक्रिया थाल्न निर्देशन दिएको छ ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले दिएको जानकारी अनुसार सरकारले घाइतेलाई उपचारको बिल अनुसारको खर्च दिनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत