मुसीकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२२ साउन, मुसीकोट । सदरमुकाम मुसीकोट खलंगाबाट साँख घोरखानीका लागि छुटेको लु १ ज २६८३ नम्बरको जीप दुर्घटना  हुँदा २ जनाको मृत्यु भएको छ ।

 रुकुमको मुसीकोट ८ डाँरीगाउँमा हिजो बेलुकी ६ बजेतिर जीप दुर्घटना भएको हो । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा मुसीकोट नगरपालिका ११ का टेकबहादुर बिक र मुसीकोट नगरपालिका १० का तिर्थबहादुर पुन रहेको छ । जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा विकको मृत्यु भएको हो भने पुनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको जलेखर्कमा मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय रुकुमले दिएको जानकारी अनुसार घाइते हुनेमा जिप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक, मुसीकोट नगरपालिका ९ की प्रमिला कँवर, मुसीकोट नगरपालिका १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्ती रहेको छ । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत