नेवि संघको ११ औं महाधिवेशन झण्डै एक दशकपछि काठमाडौंमा सुरु

२३ साउन, काठमाडौं । नेपाली कांग्रेस निकट नेवि संघको ११ औं महाधिवेशन झण्डै एक दशकपछि आइतबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरेका छन् । आइतबार शुरु भएको महाधिवेशन साउन २५ गतेसम्म राजधानीको भृकुटी मण्डपमा चल्नेछ ।

NE -B sangh

२०६४ देखि हुन नसकेको नेविसङ्घको महाधिवेशनमा पार्टीका नेता, देशभरका विद्यार्थी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको  उत्साहजनक उपस्थिति रहेको देखिन्छ । महाधिवेशनमा मुलुकभरका ३३ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

उद्घाट्न समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, पार्टीका पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, डा.शेखर कोईराला, सुजाता, कोईराला, डा. रामशरण महत लगायतका पार्टीका केन्द्रीय समितिका सदस्य साथै भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको समेत  रहेको छ ।

महाधिवशेनको उद्घाट्न भइसक्दा पनि विवादित ११ जिल्ला मध्ये सुर्खेत, रौतहट र भक्तपुरको विवाद मिलिसकेको छ भने सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीको महाधिवेशन प्रतिनिधिको विवाद मिलेको छैन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत