राप्रपाबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री नियुक्त

२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साना दुई दल राप्रपाबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

new minister

प्रधानमन्त्री दाहालले सोमबार साँझ राप्रपाबाट दीपक बोहोरा र विक्रम पाण्डे साथै नेकपा संयुक्तबाट जयदेव जोशीलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको हो । नवनियुक्त मन्त्रीहरुले सोमबार नै शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारी अनुसार आज सपथ लिएका मन्त्रीहरुको विभागीय जिम्मेवारी तोकिएको छैन् ।

यस अघि पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै विमेन्द्र निधि र कृष्णबहादुर महरा उपप्रधानमन्त्री र रमेश लेखक, गौरीशंकर चौधरी र दलजित श्रीपाइलीले मन्त्रीको रुपमा सपथ ग्रहण गरिसकेका छन् ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत