पावर शेयरिङ नमिलेका कारण पार्टी एकीकरण बिथोलियो – राणा

२९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपा अध्यक्ष कमल थापासँग पावर शेयरिङ नमिलेका कारण पार्टीं एकीकरण बिथोलिएको बताए ।

सम्वाद क्लब नेपालले शनिबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापा अनावश्यक आरोप प्रत्यारोपमा उत्रिएको भन्दै उनले थापाले नेपालमा डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेको आरोप समेत लगाए ।

उनले राप्रपा नेपालसँग एकता प्रकृया अत्य नभएर अवरुद्ध मात्र भएको बताउँदै कमल थापाले माफी मागे एकता प्रकृया फेरि सुरु हुन सक्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत