झिँगालाई मेसिन गन नहान्नु – सञ्चारमन्त्री

३२ साउन, काठमाडौं । सञ्चारमन्त्री सुरेन्द्र कार्की ‘पार्थ’को स्वागत तथा सम्मानमा नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्रीले झिँगालाई मेसिन गन नहान्न आग्रह गरेका छन् ।

मंगलबार आफ्नै कार्यालयमा महासंघले आयोजना गरेको सम्मान कार्यक्रममा सञ्चार माध्यमहरुमा आउने गरेको नकारात्मक समाचारलाई इंकित गर्दै सञ्चारमन्त्री कार्कीले झिँगालाई मेसिन गन नहान्न सुझाएका हुन् ।

पत्रकारहरुले हरेक दिन भएन, बनेन भन्ने मात्रै समाचार बनाउने गरेकाले कम्तिमा महिनामा एक दिन भए पनि सकारात्मक समाचार लेख्न मन्त्री कार्कीले आग्रह गरे ।

यद्यपि, मन्त्री कार्कीले सरकारको मामिलामा पत्रकारहरुले बलियो प्रतिपक्षको भूमिका खेल्नु पर्ने भन्दै आफूहरु मन्त्रालयमा मन्त्रीको फोटो झुण्ड्याउन मात्रै सरकारमा नआएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत